सेना र प्रहरीका डिभी र पिआरबाहकलाई पनि कारबाही: पण्डित

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १४:४८ मा प्रकाशित

भक्तपुर, ५ जेठ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनमा रहेका डिभी र पिआरबाहक कर्मचारीमाथि कारबाही नगर्न दबाब आउन थालेको बताएका lalbabuछन् ।
रफतसञ्चार क्लबले भक्तपुरमा सोमबार भएको कार्यक्रममा उनले जति दबाब आए पनि डिभी र पीआरमुक्त बनाउने अभियानबाट आफू पछि नहड्ने बताए । उक्त अभियान रोक्न कसले दबाब दिएको हो भन्नेबारे भने उनले खुलाएनन् ।

मन्त्री पण्डितले निजामति ऐन संशोधन प्रस्ताव आगामी साता संसदमा लैजाने तयारी भइरहेको जानकारी दिए । उनले आगामी दिनमा सेना, प्रहरी र शिक्षक सेवालाई पनि डिभी र पिआरमुक्त बनताउनुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us