
आजकल बजारमा वेबसाइट सामान्य बन्दै गएको छ । आफ्नै वेबसाइट नहुने व्यक्ति, संस्था, सङ्गठन या अन्य कुनै निकाय नै छैन । वेबसाइट आफ्नो विचार, सेवा, सुविधाको बजारीकरण गर्ने महत्वपूर्ण साधन बन्दै गएको छ । एउटा बेवसाइट दर्ता गराउन वार्षिक १० डलरदेखि माथि तिर्नुपर्छ । रजिष्टर भएर चलिसकेका वा रजिस्टर भइसकेका डोमेन बजारमा किनबेच पनि गर्न सकिन्छ । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ , डोमेनको बजार मूल्य अरबांै हुन्छ भन्दा । संसारका केहि महंगा डोमेनहरु –
सबैभन्दा महंगोमा बिक्री भएको डोमेन VacationRentals.com हो, जुन ३५ मिलियन डलरमा सन् २००७ मा बिक्री भएको थियो ।
दोश्रो नम्बरमा सबैभन्दा बढि मुल्यमा बिक्री भएको डोमेन Insure.com हो, जुन १६ मिलियन डलरमा सन् २००९ मा बिक्री भएको थियो ।
तेश्रो नम्बरमा महंगोमा बिक्री भएको डोमेन Sex.com हो, जुन सन् १०१० मा १३ मिलियन डलरमा बिक्री भएको थियो ।
चौथो नम्बरमा महंगोमा बिक्री भएको डोमेन Fund.com हो, जुन सन् २००८ मा ९.९९ मिलियन डलरमा बिक्री भएको थियो ।
त्यसैगरी पाचौ नम्बरमा Porn.com रहेको छ, यो डोमेन सन् २००७ मा ९.५ मिलियन डलरमा बिक्री भएको थियो ।
फेसबुक डट कमको छोटो रुप Fb.com पनि छैटौ महंगो डोमेनको रुपमा बिक्री भएको रेकर्ड छ । फेसबुकले सन् २०१० मा ८.५ मिलियन डलरमा यो डोमेन बिक्री भएको थियो ।
त्यसैगरी Business.com पनि सातौ नम्बरको महंगो डोमेनको रुपमा बिक्री भएको थियो । यो सन् १९९९ मा ७.५ मिलियन डलरमा बिक्री भएको रेकर्ड छ ।
सबैभन्दा महंगोमा बिक्री भएको डोमेनको रेकर्डमा Diamond.com आठौ नम्बरमा रहेको छ । यो डोमेन सन् २००६ मा ७.५ मिलियन डलरमा बिक्री भएको थियो ।
त्यसैगरी Beer.com पनि महंगोमा बिक्री भएको डोमेन हो । यो सन् २००४ मा ७ मिलियन डलरमा बिक्री भएको थियो ।
अहिलेसम्मको रेकर्डमा १० औ नम्बरमा रहेको सबैभन्दा महंगो डोमेनमा Casino.com परेको छ । यो सन् २००३ मा ५.५ मिलियन डलरमा बिक्री भएको थियो
११ औ नम्बरमा महंगो डोमेनको रुपमा बिक्री भएको वेबसाइट Slots.com हो, यो सन् २०१० मा ५.५ मिलियनमा बिक्री भएको थियो ।
त्यसैगरी Toys.com १२ औ नम्बरमा सबैभन्दा महंगो डोमेनको रुपमा बिक्री भएको थियो । यो ५.१ मिलियन डलरमा सन् २००९ मा बिक्री भएको हो ।
Asseenontv.com १३ औ नम्बरको महंगो डोमेनमा पर्दछ । यो सन् २००० मा ५.१ मिलियन डलरमा बिक्री भएको थियो ।
त्यसैगरी एप्पलले पनि आफ्नो प्राडेक्टको नाममा वेबसाइट सञ्चालन गर्न ६ मिलियन डलरमा सन् २०१० मा उक्त डोमेन खरिद गरेको थियो ।
GiftCard.com लाइ CardLab ले सन् २०१२ मा ४ मिलियनमा खरिद गरेको रेकर्ड छ ।
त्यस्तै Korea.com ५ मिलियनमा सन् २०१० मा बिक्री भएको रेकर्ड छ ।
सन् २००९ मा Clothes.com ४.९ मिलियन डलरमा बिक्री भएको अर्को महंगो डोमेन हो ।
एलजीको् वेबसाइट पनि सन् २०१३ मा ४.७ मिलियन डलरमा खरिद बिक्री भएको थियो ।
Yp.com वेबसाइट YellowPages.com ले सन् २००८ मा ३.८ मिलियन डलरमा खरिद गरेको १९ नम्बरमा रहेको महंगो डोमेनको रुपमा लिइएको छ ।
FreeCreditCheck.com लाई One Technologies ले सन् २००८ मा नै ३.५ मिलियन डलर खर्च गरेर किनेको थियो ।
स्रोत – विकिपेडिया डट कम