
काठमाण्डु, ४ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।
अख्तियारले लाइसेन्स फाँटका रामेश्वर अर्यालसहित दुई जना कर्मचारी र ६ बोरा कागजपत्र नियन्त्रणमा लिएको छ ।
बिहान सो फाँटमा पुगेका अख्तियारका अधिकारीहरुले पहिले लाइसेन्स बनाउने दलालहरुलाई नियन्त्रणमा लिएका थिए । दिनभरजसो कार्यालय बसेर कागजात अनुसन्धान गरेको उनीहरुले अपरान्ह कार्यालय प्रमुखसहित ४ जनालाई पक्राउ गरेका हुन् ।
यातायात ब्यवस्था कार्यालय, ललितपुरमा कार्यरत कर्मचारीहरूः
१) शाखा अधिकृत रामदत्त भट्ट (निमित्त कार्यालय प्रमुख)
२) शाखा अधिकृत रामेश्वर अर्याल, (नविकरण शाखा)
३) शाखा अधिकृत वाल कुमार खतिवडा (नविकरण शाखा)
४) लेखा अधिकृत तिर्थराज गौतम (लेखा शाखा)
संलग्नता देखिएका दलालहरूः
१) टेक बहादुर महर्जन, सञ्चालक-मनकामना फोटोकपी सेन्टर
२) बिष्णु बहादुर थापा, सञ्चालक-मनकामना फोटोकपी सेन्टर
३) अनिल कुमार पाण्डे, सञ्चालक-एभरग्रीन फोटोकपी सेन्टर
४) बिक्रम बि.सी., सञ्चालक-लेखापढी मञ्च
५) बिष्णु बहादुर थिङ्ग, सञ्चालक-लेखापढी मञ्च
६) देवराज लामिछाने, लेखापढी व्यवसायी
७) सानुकाजी देसार, सेवाग्राहीबाट कागजात संकलक
८) विष्णु बस्नेत, सेवाग्राहीबाट कागजात संकलक