
काठमाण्डु, ४ जेठ – साझा प्रकाशनका निलम्वित अध्यक्ष एवं महाप्रवन्धक ममता झाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
झाले साझाका द्वितिय तहमा कार्यरत माधवप्रसाद थपलियालाई आवश्यक न्यूनतम शैक्षिक योग्यता (स्नातकतह उत्तिर्ण) विना नै अस्थायी सहायक स्तर प्रथम श्रेणीमा नियुक्ति गरेको अख्तियारको आरोप छ । अख्तियारले थपलियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐनको दफा १७ तथा दफा ३ (१) (घ) बमोजिम कैद तथा दफा ३ (१) बमोजिम विगो ३ लाख ६६ हजार ५ सय ७७ र जरिवाना असुल गरी साझा प्रकाशनलाई दिलाउन माग गरिएको छ । साझाका निलम्बित महाप्रवन्धक झालाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजाय समेत माग गरिएको छ ।