
म्याग्दी, ४ जेठ – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एकीकृत नेकपा (माओवादी)सँग पार्टी एकताको प्रयास लचिलो र सकारात्मक रहेको बताएका छन् ।
नेकपा–माओवादी म्याग्दीले सदरमुकाम बेनीमा आइतबार आयोजना गरेको एक कार्यक्रममा सचिव चन्दले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी अगाडि बढाउन जरुरी रहेको र एमाओवादीसँगको एकता वस्तुगत आवश्यकता रहेको बताए ।