ट्याक्टर दुर्घटना–एकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ६:१३ मा प्रकाशित

विराटनगर, ३ जेठ – मोरङको बाहुनी –४ स्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको आज बिहान मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार को१त १२६२ नम्बरको ट्याक्टरका सहचालक मोरङ बाहुनी– ४ बस्ने ३५ वर्र्षीय दिनेश ऋषिदेवको ट्याक्टरबाट लडी घाइते भएकामा उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरी चौकी बाहुनीले आवश्यक अनुसन्धानका लागि ट्याक्टर तथा सोका चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us