
काठमाण्डु, १ जेठ – संयुक्त राष्ट्रसंघका सहायक महासचिव हाओलियाङ झुले आजबाट राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
चार दिने भ्रमणका क्रममा बुधवार काठमाण्डु आएका झुले दिउसो राष्ट्रिय योजना आयोगमा आयोजित विशेष कार्यक्रममा नेपाल मानव विकास प्रतिवेदन २०१४ सार्वजनिक गर्ने भएका छन् ।
प्रतिवेदन क्षेत्रीय असमानता कम गर्ने र मानवीय सम्भाव्यता उजागर गर्ने विषयमा केन्द्रित छ ।
गत वर्षको सेप्टेम्बरमा पदबहाली गरेपछि पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका झुले प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय योजना
आयोगका उपाध्यक्षसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।