हत्यामा संलग्न भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २८ गते ७:४६ मा प्रकाशित

वीरगन्ज , २८ वैशाख – जिल्ला प्रहरी कार्यालय पर्साले हत्याका आरोपी एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हाइड्रो पावर इन्जिनियरको अपहरण गरी हत्या गरेको आरोपमा भारत कलकत्ताका दिपाङ्गत दत्तलाई गएराति पक्राउ गरेको हो । केही महिना पहिले वीरगन्जको कैलाश होटलबाट इन्जिनियर लक्ष्मी कान्तलाई अपहरण गरी लगेको स्रोतले जनाएको छ ।

इन्जिनियर लक्ष्मीकान्तको पर्साको मनियारीमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीको सहयोगमा निजलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us