ज्ञानेन्द्र भन्छन्, ‘मबाट जनताले आशा गरेका छन’

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते १४:५८ मा प्रकाशित

YP_Itahari_purva raja ganendra-1विराटनगर, २६ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले आफूबाट जनताले धेरै आशा गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दैै शाहले मुलुकका विभिन्न स्थानका भ्रमणका क्रममा जनताले आफ्ना कुरा चासो पूर्वक सुनेको र राम्रो साथ दिएको बताए । उनले मुलुकको हितका लागि सबै शक्ति आपसी समझदारीमा अघि बढ्नुपर्ने उल्लेख गरे ।

मुलुकको प्रगति र समृद्धिका लागि राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो । पूर्वक्षेत्रको भ्रमणका सिलसिलामा पाँच दिनदेखि पूर्वराजा शाह विराटनगर पुगेका हुन् । बुहारी हिमानी, नाती हृदयेन्द्र, छोरी प्रेरणा र नातिनी कृतिकालाई लिन शाह झापाबटा गाडी लिएर विराटनगर विमानस्थल पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us