
काठमाण्डु, २२ वैशाख -हङकङले नेपाल सामु १ सय ८२ रनको चुनौति प्रस्तुत गरेको छ ।
मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा हङकङले १ सय ८१ बनाएको थियो ।
टस हारेर पहिले व्याटिङ थालेको हङकङले ओपनर इर्फान अहमदको १ सय ६ रनको सतकीय पारीको मद्दतमा ४१ दशमलव ५ ओभर खेल्दै १ सय ८१ रन बनायो ।
आक्रमक व्याटिङ गरेका इरफानले १ सय १५ बलमा ३ छक्का र १० चौकाको मद्दतले १ सय ६ रन बनाएका थिए । त्यस्तै २ छक्का हानेका निजाकात खानले १७ रन बनाए । वाकसतले १६, कप्तान जे जे एटिक्सनले ११ तथा लाम्साङले १८ रन जोड्न बाहेक अन्य व्याड्सम्यानले टोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सात ओभर बलिङ गरेका सोमपाल कामीले ३४ रन खर्चिएर ४ विकेट लिए । सिनियर राष्ट्रिय टीममा पहिलो डेव्यु गरेका आरिफ सेफले ९ ओभरमा ३० रन दिएर महत्वपूर्ण २ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले ३ विकेट लिए । हङकङले अतिरिक्त ७ रन पाएको थियो ।