ब्राजिलकी राष्ट्रपति पुनः निर्वाचनमा उठ्ने

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते १२:४० मा प्रकाशित

dilma

रियो डे जानेरो, १८ वैशाख – ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले आगामी अक्टोबरमा राष्ट्रपतीय पदका लागि पुनः निर्वाचनमा उम्मेदवारी दिने जनाएकी छिन् । हाल वामपन्थी दलको समेत सहयोगमा सत्तारुढ राष्ट्रपति डिल्माले विपक्षी वा संयुक्त सरकार सहमत भएपनि नभएपनि राष्ट्रपतीय निर्वाचन अवश्य हुने समेत बताएकी छिन् ।

दुई पटकको निर्वाचनमा विजयी भई शासन चलाउनुभएका लुला डा सिल्भालाई हराई गत निर्वाचनमा डिल्मा विजयी बन्नुभएको थियो ।डिल्मा र लुला दुवै एउटै दल वर्कर्स पार्टीका सदस्य हुनुहुन्छ । हाल आएर डिल्मा रुसेफ आफ्नै पार्टीभित्र विवादित हुनु भएपछि पूर्व राष्ट्रपति लुलाको सर्मथनमा बहुसङ्ख्यक सदस्यहरु खडा भएपछि उनि दोधारमा परेकी थिइन् ।

ब्राजिलका राजनीतिज्ञहरुका अनुसार डिल्मा अझै लोकप्रियताको शिखर मै हुनुहुन्छ ।गत वर्षको जुनमा सरकार विरोधी विशाल जनप्रदर्शनलाई साम्य पार्न सक्नु र यसपालिको वल्र्डकप फुटबल प्रतियोगिता खेल तथा सन् २०१६ मा सम्पन्न हुने ओलम्पिक खेल प्रतियोगिता आयोजनाको सफल व्यवस्थापनले उनि लोकप्रियताको शिखरमा पगेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us