स्ववियु निर्वाचन मिति खारेज नगरेसम्म वार्तामा नबस्ने १७ विद्यार्थी संगठनको निर्णय

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ७:०३ मा प्रकाशित

matpetika-vote boxकाठमाण्डु –  अखिल क्रान्तिकारी सहितका बिभिन्न १७ विद्यार्थी संगठनले स्ववियु निर्वाचन मिति खारेज नगरेसम्म वार्तामा नबस्ने निर्णय गरेका छन् । आज बसेको विद्यार्थी संगठनहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेक निर्णयहरु दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष राजाराम बर्तौलाले जानकारी दिए । माउ पार्टी सत्तामा रहेका बेला अनेरास्ववियु र नेवि संघले षडयन्त्रपूर्वक स्ववियु निर्वाचन गर्न त्रिविलाई दवाव दिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us