बन्द फिर्ता भयो

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते २:१९ मा प्रकाशित

रुपन्देही, ५ वैशाख – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्विनी अञ्चल कमिटीले लुम्विनी अञ्चल बन्दको घोषणा फिर्ता लिएको छ ।

बिहीवार राती अबेर सम्म नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र प्रशासन बिच भएको वार्तामा मजदुरले राखेका मागमा पुरा गर्ने सहमती भएपछि आजको बन्द फिर्ता भएको हो ।

आफ्ना यातायात मजदुर, सवारी चालकहरुलाई एकतर्फी रुपमा दुर्घटनाको दोषी प्रमाणित गरी ४ महिनादेखि ५ वर्षसम्म पुर्पक्ष तथा कारागार चलान गरिएको विरोधमा सांकेतिक रुपमा लुम्विनी अञ्चल वन्द आह्वान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us