
बनेपा, ४ वैशाख । काठमाण्डु विश्वविद्यालय र युनिसेफ नेपालबीच आज एक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो साझेदारीमा चाइल्डरिच नेपालको स्नातक स्तरका विद्यार्थीलाई अनुसन्धानका लागि अनुदान दिने ग्रेजुएट स्टुडेन्ट रिसर्च ग्रान्ट (जिएसआरजी) कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
सो कार्यक्रमले युनिसेफको प्रावधानअनुसार सम्बन्धित विषयमा गरिने सोधग्रन्थ तथा अध्ययनका लागि आर्थिक सहयोगको साथै परामर्स सेवा प्रदान गर्ने युनिसेफले जनाएको छ ।
प्रस्तावको आह्वान भएपछि प्राप्त हुन आएका सोध प्रस्तावको एक समितिले छनोट गरी पुरस्कारको निर्णय समेत हुने छ ।
सो साझेदारीपत्रमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु र युुनिसेफ नेपाल की प्रतिनिधि हान्ना सिङ्गरले हस्ताक्षर गरे ।