काठमाण्डु, ४ वैशाख । अर्थ सचिव युवराज भुसालले आज पदाबहाली गरेका छन् । उनले त्यस अवसरमा कर्मचारीलाई निर्देशन दिँंदै बजेट तयारीमा अर्थ मन्त्रालय जुटिसकेको हुँदा जिम्मेवारीपूर्वक उच्च मनोवलका साथ कार्य सम्पादन गर्न, सदाचारिता, इमान्दारी र स्वच्छ आचरणमा रहेर सामुहिक रुपमा काम गरी लक्षित नतिजा हासिल गर्न सक्रिय र प्रतिबद्धताका साथ लाग्न निर्देशन दिए ।
उनी राष्ट्रिय योजना आयोगको सचिवालयबाट अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका हुन् । अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको, समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेका, मूल्य वृद्धि वाञ्छित सीमामा रहेको, वित्तीय क्षेत्र सुधारलाई निरन्तरता दिनु पर्ने, तरलता व्यवस्थापन गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषिक्षेत्रको विकासको लागि आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिनुपर्ने अर्थ सचिव भुसालले बताए ।
उनी कांग्रेस सभापति रामचन्द्र पौडलका सन्धि हुन् । पौडेलकै निर्देशनमा उनलाई अर्थ सचिव बनाइएको जानकारहरु बताउँछन् ।