
काठमाण्डु, ४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सिंहदरवार वैद्यखाना विकास समितिमा कार्यरत सूर्यराज पुरीबिरुद्ध मुद्दा दायर गरेको छ ।
सिंहदरवार वैद्यखाना विकास समितिमा हाल प्राविधिक चौथो तहमा कार्यरत पुरीले सहायकस्तर तृतीय पदमा सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले दावी गरेको छ ।
उनले मगरगाउँ मावि, ललितपुरबाट एसएलसी पास गरेको भन्ने नक्क्ली प्रमाण पत्र पेश गरेका थिए । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।