आगलागीमा परी महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ९:३८ मा प्रकाशित

इलाम, ४ वैशाख । चुरोटको ठुटाबाट सल्किएको आगोमा परी गम्भीर घाइते भएकी एक महिलाको गएराति मृत्युभएको छ ।

बुधबार साँझ ५ बजे चुलाचुली–७ का धनबहादुर थेवेको गुवालीमा चुरोटको ठुटाबाट अचानक आगलागी भएको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी थेवेकी ६३ वर्षीया आमा फूलमायाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा गएराति ९ बजे मृत्यु भएको पेल्टिमारी प्रहरी चौकी चुलाचुलीले जनाएको छ ।

गुवालीनजिकै घरमा काम गरिरहेकी फूलमायालाई बेलुका ६ बजे आगोले पोलेको थियो । आगलागीबाट गुवाली पूर्ण रूपमा क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us