सीमा नाका बन्द

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ९:३७ मा प्रकाशित

धनगढी, ४ वैशाख । भारतको उत्तर प्रदेशलगायतका राज्यमा आज हुन लागेको लोकसभा निर्वाचनलाई ध्यानमा राखी उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लासँग सीमा जोडिएको कैलालीका सीमा नाका बन्द गरिएको छ ।

चुनावको समयमा सीमा क्षेत्रमा कुनैै किसिमको अवाञ्छित एवम् आपराधिक क्रियाकलाप हुन नदिन गत मङ्गलबार साँझदेखि आज साँझसम्मका लागि कैलालीको त्रिनगरलगायतका सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए े ।

झन्डै तीन हप्ताअघि दुई देशका स्थानीय प्रशासन प्रमुखहरुको लखिमपुरखिरी जिल्लामा बसेको सीमा समन्वय बैठकमा भएको सहमतिबमोजिम सीमा नाका बन्द गरिएको हो । बिरामी बोकेको एम्बुलेन्स र विवाहको कार्यक्रमका सहभागीहरुलाई भने आवागमनमा रोक नलगाइएको लेखकले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us