बालविवाह बहिष्कार अभियान

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ९:३६ मा प्रकाशित

खजुरा (बाँके), ४ वैशाख । कम उमेरमै सुत्केरी हुने बढेपछि जिल्लामा स्थानीय किशोरीले बालविवाह बहिष्कार अभियान थालेका छन् ।

उनीहरुले आफँैले पनि सानै उमेरमा विवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । समुदायमा बालविवाह र बाल दुव्र्यवहारका घटनाबारे उनीहरुले आचारसंहिता पनि बनाएका छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने राइजिङ आइडल्सले बाल विवाहविरुद्ध जिल्लाका १० गाविसमा थालेको अभियानमा क्लब पदाधिकारीले आचारसंहितासमेत निर्माण गरेका छन् ।
जिल्लाका पुरैनी, बनकट्टी, हिरमिनिया, परसपुर, इन्द्रपुर, उदयपुर, उढारापुर, शम्शेरगञ्ज, मनिकापुर र कोहलपुरका युवा क्लबका पदाधिकारी तथा सदस्यले बालविवाह नगर्ने तथा बालविवाह बहिष्कार गर्ने आचारसंहिता बनाएको राइजिङ आइडल्सका अध्यक्ष आशिष वर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us