
चितवन, ४ वैशाख । चितवनजस्तो सुगम जिल्लामा समेत सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीका लागि पुस्तक अभाव भएको छ ।
शैक्षिकसत्र सुरु हँुदासमेत बजारमा पुस्तक उपलब्ध हुन सकेका छैनन् । कतिपय विद्यालयले नयाँ शैक्षिकसत्रका लागि कक्षा सञ्चालन सुरु गरेका छन् भने बाँकी सबैको आउँदो आइतबारबाट कक्षा सञ्चालन हुँदैछ ।
बिहान सबेरैदेखि अभिभावक र विद्यार्थी पुस्तक पसलमा किताबको पर्खाईमा भेटिने गरेका छन् । पुस्तक नपाइएको बारे सबैको गुनासो छ । सरकारले वैशाख २ गतेबाट विद्यालयमा भर्ना अभियान सुरु गरेको छ तर बजारमा पुस्तक छैन । संस्थागत विद्यालयका विद्यार्थीले केही पुस्तक पाए पनि सेट पु¥याउन सकेका छैनन् ।
सामुदायिक विद्यालयतर्फका कक्षा नौ र १० का अनिवार्य विषय नेपाली, अङ्ग्रेजी, सामाजिक, विज्ञानलगायतका पुस्तक छिटफुटमात्र बजारमा उपलब्ध छ ।