एउटै मञ्चवाट नेतृत्वले भन्यो ‘महासंघ एक ढिक्का भएको छ’

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ९:३२ मा प्रकाशित

fncci news 4 (2)काठमाण्डु, ४ बैशाख –  नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले महासंघलाई फूटाउने कसैको योजना रहे पनि त्यो असफल हुने भन्दै एक ढिक्का भएर आफूहरु अघि बढ्ने उद्घोष गरेका छन् । मिडिया इन्टरनेसनलले विहीबार काठमाडौंमा गरेको स्वागत कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका महासंघका चार उपाध्यक्ष र अध्यक्षले सामूहिक रुपमा यस्तो उद्घोष गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले महासंघमा कुनै गुट उपपगुट नभएको भन्दै निर्वाचन पछि महासंघ एक ढिक्का भएर अघि बढेको बताए । उनले केही व्यक्ति र मिडियाले समेत महासंघमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले आफुहरु भिन्दा भिन्दै प्यानलबाट चुनावी मैदानमा होमिए पनि अब महासंघमा एक ढिक्का भएर अगाडी बढाउनका लागि जस्तोसुकै त्याग गर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु शेखर गोल्छा, दिनेश श्रेष्ठ, किशोर प्रधानको उपस्थिती थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us