दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख – जनक शिक्षा सामाग्री केन्द्रले दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसक्ने भएको छ ।

केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी पाठ्यपुस्तक पुरयाउन बाँकी सबै जिल्लामा वितरण गर्न लागिएको जानकारी दिएको छ । केन्द्रका अनुसार यही शैक्षिक सत्रभित्र सबै क्षेत्रका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउने नीति अनुरुप दुई करोड २५ लाख थानमध्ये एक करोड ५२ लाख वितरण भइसकेको छ ।

पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले कुनै पनि बालबालिका पाठ्यपुस्तकबाट बञ्चित हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us