
काठमाण्डु, ३ बैशाख – एकीकृत माओवादीले आजको संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो ।
द्वन्द्वकालका घट्नालाई लिएर आफ्ना कार्यकर्ता प्रक्राउ गरि मुद्दा चलाएको बिरोधमा एमाओवादीले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । दलको बैठकमा अध्यक्ष प्रचण्डले आफूहरु कमजोर भएको मौका छोपेर काँग्रेस र एमालेले पेल्न खोजेको बताएका थिए ।
प्रचण्डका अनुसार काँग्रेस र एमाललेले १२ बुँदे सहमति, शान्ति प्रक्रिया बिथोल्न लागेका छन् । द्वन्द्वकालका घटना बल्झाउन थाले सदन, सडकबाटै प्रतिवाद गर्ने प्रचण्डको भनाई थियो । आजको संसद बैठकमा एमाओवादी नेता बावुराम भट्टराईले बोल्ने भएका छन् ।
बैठकपछि नेता टोपबहादुर रायमाझीले एकातिर सरकारले सत्य निरुपणको मस्यौदा तयार गर्ने अर्कोतिर हिजोका घटनामा कारवाही गर्ने काम गरेको छ यस्तो शान्ति प्रक्रिया बिथोल्ने बताए । अग्नी सापकोटाले अवको लडाई जिवन मरणको भएको बताए ।
सरकारले यस्तै रवैया देखाए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए सापकोटाले । संसद बैठक बहिस्कार गर्ने निर्णय मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले गरिसकेको थियो । संसदीय दलले आज औपचारिकता दिएको हो ।