
काठमाण्डु, ३ बैशाख –एकीकृत माओवादीले संसदीय दलको नेता चयन गरेको छ ।
संविधानसभाको निर्वाचन भएको ६ महिनापछि एमाओवादीले दलको नेता चयन गरेको हो ।
संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतामा चयन गरेको हो ।
त्यस्तै बैठकले गिरिराजमणि पोखरेललाई सचेतक चयन गरेको छ । संसदीय दलको नेता बन्नेबारे एमाओवादीमा विवाद हुँदै आएको थियो ।