जुजुभाइको जिब्रो छैठौंपटक छेडियो

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १५:२० मा प्रकाशित

भक्तपुर, १ वैशाख– भक्तपुरका जुजुभाई श्रेष्ठले छैठौंपटक जिब्रो छेडेका छन् ।

jujuvaiठिमी–१ बोडेका ३४ वर्षीय जुजुभाइले प्रसिद्ध विस्केट जात्राको अवसरमा मंगलबार छैठौंपटक
जिब्रो छेडाएका हुन् । कर्मी र नाइकेले देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले जुजुभाइको जिब्रो छेडिएको थियो ।

योसँगै विस्केट जात्रा सकिएको छ । जिब्रो छेडेपछि चन्द्रआकारको महाद्वीप बोकेर जुजुभाइले नगर परिक्रमा गरेका थिए । यसपटक जिब्रो नछोडाउने सोचमा रहे पनि अरु कोही तयार नभएपछि संस्कृति जोगाउन भन्दै उनले जिब्रो छेडाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us