चुनाव हराउन राष्ट्रपति लागेको काँग्रेसको ठहर

काठमाण्डु टुडे २०७० चैत २५ गते १:३२ मा प्रकाशित

rambaranकाठमाण्डु, २५ चैत – राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्वाचनमा कसैलाई हराउन र जिताउन पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

आरोप राष्ट्रपतिको माृतपार्टी काँग्रेसकै क्षेत्रीय समितिले लगाएको छ र उजुरी केन्द्रीय कार्यालयमा पठाएको छ ।

निर्वाचनमा धनुषा ४ का काँग्रेस उम्मेदवार रामसरोज यादवलाई हराउन राष्ट्रपति डा. रामवरण यादव प्रत्यक्ष संलग्न भएको भन्दै क्षेत्रीय कार्य समितिले उजुरी गरेको छ ।

कार्य समितिले पार्टी उम्मेदवारलाई हराउन जिल्लाका केही नेतालाई राष्ट्रपति यादवले निर्देशन दिएको आरोप लागेको छ ।

राष्ट्रपतिलाई भेटेर गएपछि काँग्रेस धनुषाका नेता बृजलाल महासेठ, महन्द्र महतो, रामहृदय मण्डलले काँग्रेस उम्मेदवारलाई असहयोग गरेको धुनषा ४का क्षेत्रीय सभापति हरिशंकर साहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us