
काठमाण्डु, २४ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले द्वन्द्वकालिन घटनामा पक्राउ र धरपकड जारी राखे जनअदालत ब्युँताउने चेतावनी दिएका छन् ।
माओवादी सुनसरीको प्रथम जिल्ला सम्मेलनको इटहरीमा उद्घाटन गर्दै वैद्यले धरपकड जारी राखे जनअलादत ब्युताउँन बाध्य हुने बताएका हुन् । उनले शान्ति सम्झौता र त्यसपछि भएका सहमति सरकारी पक्षबाट पालना नगरेको उनको भनाइ थियो ।
‘जनयुद्धका मुद्धा उछालेर धरपकड तीव्र पारिएको छ’, वैद्यले भने, ‘शान्ति सम्झौताविपरीत यस्ता गतिविधि जारी राखिए हामी जनअदालत ब्युताउँछौं ।’
वैद्यले हातखुट्टा बाँधिएको अवस्थामा रहेको एकीकृत माओवादीले संविधानसभामा प्रधावकारी भूमिका खेल्न नसक्ने बताए । आफ्नो पार्टी संविधानसभा बाहिर रहेकाले कुनै हालतमा संविधान बन्ने छाँटकाँट नरहेको भनाइ उनको थियो ।