एमाले नवौं महाधिवेशन भृकुटीमण्डपमा

काठमाण्डु टुडे २०७० चैत २४ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, २४ चैत– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि काठमाण्डुको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हलमा तय भएको छ ।
maoist-flagमहाधिवेशन तयारी समिति सचिवालयको सोमबार बसेको बैठकले महाधिवेशन भृकुटीमण्डपको हलमा गर्ने तय गर्नुका साथै सदस्य नवीकरण गर्ने काम तीव्र बनाउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।

उनले दस्तावेज, मस्यौदा तयारीसहित विभिन्न कामका लागि उपसमितिहरूको चयनलगायत महाधिवेशन तयारीका अगाडि बढिरहेको जानकारी दिए  । एमाले महाधिवेशन आगामी जेठ २४ गतेदेखि ३१ सम्म हुादैछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us