जनकपुर बम काण्डका दोषी साह निर्दोष रहेको दाबी

काठमाण्डु टुडे २०७० चैत २४ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, २४ चैत– मधेसका विभिन्न पाँचवटा संस्थाले सद्भावनाका वरिष्ठ उपाध्यक्ष एवम् सभासद् सञ्जय साहमाथि लगाइएको आरोप छानबिनका लागि sanjay-shahउच्चस्तरीय आयोग गठनको माग गरेका छन् ।
जनकपुर बम काण्डको अभियोग लागेका साहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् । ती संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै साह निर्दोष रहेको बताएका हुन् ।

मधेसी नेताहरुलाई समाप्त पार्ने डिजाइनअन्तर्गत साहमाथि भुठा मुद्दा लगाइएको विज्ञप्तिमा छ । ‘मधेस आन्दोलनपछि दमनको कडी शिथिल भएको महसुस भए पनि राज्यले मधेसलाई ठूलो षड्यन्त्रमा पारेको प्रमाणहरु फेला पारेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘मधेसका राजनीतिकर्मीहरुलाई एकपछि अर्को गरी झुठा आरोपमा फसाएर समाप्त परिंदैछ ।

’ विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनले गैरन्यायिक हत्या गर्ने गरेको आरोप लगाइएको छ । यस्तै सशस्त्र समूहलाई कमजोर पार्ने नाममा मधेसको युवा युवा शक्तिलाई जेल हालिएको आरोपसमेत लगाइएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा मधेसी नागरिक समाज, मधेसी कानुन व्यवसायी समाज, मधेसी प्रोफेशनल एलायन्स, मधेसी पत्रकार समाज नेपाल र मधेसी सांस्कृतिक कलाकार संघ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us