
चितवन, २४ चैत – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीले युद्ध नचाहेको बताएका छन् ।
नेकपा–माओवादीको युवा सङ्गठन राष्ट्रिय जनस्वयंसेवक चितवनको दोस्रो सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले विगतमा लामो समय युद्ध गरेर आइसकेकाले अब आफूहरु युद्धको पक्षमा नभई स्थायी शान्तिको आशामा बसिरहेको बताए ।
नेपाली काँग्रेस र नेकपा एमालेप्रति आक्रामक रुपले प्रस्तुत हुनुभएका सचिव चन्दले युद्धमा जान बाध्य नपार्न समेत चेतावनी दिए ।
अहिले माओवादी फुटेको छ भनेर मनपर्दी गरिरहेको आरोप लगाउँदै उनले आफ्ना मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरे । सम्मेलनमा करिब ३०० प्रतिनिधि सहभागी छन् ।