
काठमाण्डु, २४ चैत– संविधानसभामो संवैधानिक राजनीतिक संवाद समितिको पहिलो बैठक आज बस्दैछ ।
बैठकमा समितिको संयोजक चयनका विषयमा छलफल हुने समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।
७१ सदस्यीय समितिमा काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता छन् ।
समितिले सरकारसँग विस्तृत शान्ति सम्झौतायता विभिन्न समूहसँग भएका सहमति र सम्झौताको विवरण मागेको छ । समितिले संविधानसभाबाहिर रहेका शक्तिलाई समेत संविधान निर्माण प्रक्रियामामा सहभागी गराउन वार्ता र सहमति गर्न पाउने छ ।