शान्ति प्रक्रियाबाट बाहिर राखियो : वैद्य

काठमाण्डु टुडे २०७० चैत २२ गते १०:१० मा प्रकाशित

baidhyaकाठमाण्डु, २२ चैत – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुलाई शान्ति प्रक्रियाबाट बाहिर राख्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

माओवादी पर्साको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै वैद्यले यस्तो बताएका हुन् ।

आवश्यकता परे फेरि पनि हतियार उठाउन सक्ने वैद्यको चेतावनी छ । सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाहरु ब्यूँत्याएर मुलुकमा द्वन्द्व निम्ताउन खोजेको वैद्यले आरोप लगाए ।

एमाओवादीमा विचलन देखिएको भन्दै उनले सोही कारण काँग्रेस–एमाले हावी भएको दावी गरे । पार्टी एकताको विषयमा कुनै प्रगति नभएको पनि उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us