गाईको मासु बेच्ने भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० चैत २२ गते १०:०२ मा प्रकाशित

pakrau-arrestसिरहा, २२ चैत – नेपालको राष्ट्रिय जनावर गाई काटेर मासु बिक्री गर्ने भारतका एक मुस्लिम नागरिक सिरहाको लहानबाट शनिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत लोकहाका मो गुलाब नविर रहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । लहान–३ स्थित हस्पिटल चोकमा गाईको मासु बिक्री गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ परेको उनले बताए ।

लोकहामै गाई काटेर यहाँ ल्याई मासु बिक्री गर्दै आएको पक्राउ परेका गुलाबले प्रहरीसमक्ष स्वीकारेका छन् । गुलाबमाथि कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us