काँग्रेस उपसभापतिद्वारा पानीको मुहानमा ताला

काठमाण्डु टुडे २०७० चैत २२ गते ८:५९ मा प्रकाशित

Rn-Gorkha-Drinking-Waterगोरखा, २२ चैत – गोरखाको बक्राङ–४, स्थित गैरी धारा पानीको मुहानमा काँग्रेस गाउँ पार्टी उपसभापतिले ताला लगाइदिएका छन् ।

ल्हाय गाउँ, संग्रौला गाउँ, सारी गाउँ, प्रधान गाउँ, जम्दार गाउँ, माथिल्लो गाउँ, पुछार गाउँ, खनाल गाउँ, डाँडा गाउँ लगायतका झण्डै १०० घरधुरीले वर्षाैंदेखि प्रयोग गर्दै आएको पानीको मूहानमा नेपाली काँग्रेसका गाउँ पार्टी उपसभापति बेलबहादुर थापाले ताला लगाई दिएका हुन् ।

उनी नागरिक वडा मञ्चका संयोजक तथा जनमोर्चा नेपालका तर्फबाट गाविसका पूर्वउपाध्यक्ष समेत रहेका थिए ।

आफ्नो घरमा पानी लैजानको लागि उनले सयौं मानिसहरुले वर्षौदेखि प्रयोग गरेको पानीको मुहान बन्द गराएको स्थानीयले बताएका छन् ।

उनी गाउँमा सामुदायिक वनका अध्यक्ष रहेका बेला वन फडानी गरेर काठमाण्डु ल्याउँदै गरेको काठ थानकोटमा प्रहरीले समाएपछि दुई वर्ष जेल बसेर रौटीमा रिहा भएका थिए ।

पानीको मुहान निक्कै सानो भएका कारण दुईतिर पानी लान सकिने अवस्था नरहेको जिल्ला खानेपानी कार्यालय गोरखाले जनाएको छ । पानीको मूल वडा नं. ४ मा पर्ने भएका कारण ५ का बासिन्दाले प्रयोग गर्न नपाउने उनको भनाइ छ ।

नागरिक वडा मञ्चको संयोजक भएका कारण उनले आफ्नो व्यक्तिगत हितका लागि काम गर्ने गरेको पिडितहरु बताउँछन् । दलित बस्तीका मानिसहरुले पानी खान नपाएकोप्रति विभिन्न दलित संघ संगठनले खेद व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us