संविधान निर्माणमा सक्रिय हुन महिला सभासदलाई उपराष्ट्रपतिको सुझाव

काठमाण्डु टुडे २०७० चैत २२ गते ७:१८ मा प्रकाशित

paramananda jhaकाठमाण्डु, २२ चैत – उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माण कार्यमा महिला सभासद्को सक्रियता बढी हुनुपर्ने बताएका छन् ।

संविधानसभा निर्वाचन–२०७० मा निर्वाचित महिला सभासद्हरुलाई शुभकामना तथा सम्मान गर्न सङ्कल्प नामक संस्थाद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले नेपालमा महिलाको सङ्ख्या पुरुषको भन्दा बढी रहेकाले महिलामैत्री संविधान निर्माणका लागि महिला सभासद् बढी सक्रिय हुनुपर्नेमा जोड दिए ।

संविधानसभामा मनोनित हुन बाँकी रहेका २६ सिटका लागि महिलाले जोड दिने हो भने संविधानसभामा महिला सहभागिता ३३ प्रतिशत पु¥याउन सकिनेमा उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जामन्त्री राधा ज्ञवालीले अब बन्ने संविधानमा महिलाको समान सहभागिता सुनिश्चित गराउन महिला सभासद्हरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा संविधानसभामा सहभागी १७२ महिला सभासद्लाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us