डेकेन्द्र हत्या प्रकरणको रिट सर्वाेच्चद्वारा खारेज

काठमाण्डु टुडे २०७० चैत १९ गते १३:१२ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १९ फागुन – पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत जोडेर परेको रिट सर्वाेच्च अदालते खारेज गरिदिएको छ ।

महान्यायाधीकवक्ताको आदेशविरुद्ध परेको रिटमा सुनुवार्य गर्दै न्यायाधीशद्वय रामकुमार प्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले तत्कालीन प्रधानमन्त्री डा. भट्टराई र तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधान विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

सर्वोच्चको अन्तरिम आदेशबाट फैजदारी न्याय प्रणाली प्रभावी भइसकेको भन्दै फैसलामा अनुसन्धान प्रक्रियाका सबै चरण पूरा भइ अदालतमा अभियोगपत्र दायर भइसकेकाले मुद्दाको तथ्य र प्रमाणबाट ठहरे बमोजिम न्याय प्रदान कार्यले पूर्णथा पाउने हुँदा प्रस्तुत रिट निवेदनको प्रयोजन नरहेको भनिएको छ ।

पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्तालाई पक्राउ गरेपछि तत्कालीन महान्यायाधीवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएका थिए । निर्देशन खारेजको माग गर्दै अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रीट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us