मणिमण्डपको प्रारम्भिक उत्खनन सम्पन्न

काठमाण्डु टुडे २०७० चैत १८ गते ७:०२ मा प्रकाशित

काठमाण्डु, १८ चैत – पुरातत्व विभागले भगवान राम र सीताको विवाह गरिएको स्थानका रुपमा लिइने मणिमण्डप क्षेत्रको प्रारम्भिक उत्खनन सम्पन्न गरेको छ ।

जनकपुर नगरपालिका वडा नं १३ स्थित रानीबजार क्षेत्रमा यही चैत १२ गतेदेखि उत्खनन सुरु गरिएको थियो ।

पुरातत्व विभागको वार्षिक कार्यक्रमअन्तर्गत राम र सीताको विवाह भएको स्थानका रुपमा प्राचीनकालदेखि चर्चामा रहेको मणिमण्डप क्षेत्रमा उत्खनन गरिएको राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक उत्खननमा त्यस स्थानमा प्राचीन कालमा बस्ती भएको पर्याप्त प्रमाणहरु फेला परेका छन् ।

उत्खननका क्रममा विभिन्न माटाका भाँडाहरु, प्राचीन चुल्हो, खरानी लगायतका विभिन्न प्रमाणहरु फेला परेको दर्नालले बताए ।

फेला परेका प्रमाणहरुका सम्बन्धमा थप अध्ययन गरिने उनले जानकारी ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us