फेरि पनि नेपाली मिडियाकै कुरा

काठमाण्डु टुडे २०७० चैत २२ गते १२:५० मा प्रकाशित

नेपाली मिडिया र मनोयुद्धवारे चर्चा गर्नुपूर्व महान जनपक्षीय अमेरिकी पत्रकार, लेखक र फिल्मकार जाँन पिल्गरको महत्वपूर्ण सिकागो Narendra-Jang-Pitarभाषणका उक्तिवाट लेखको सुरुवात गर्दै छु । पिल्गर भन्छन ‘प्रोपोगण्डा हाम्रो जीवनदिशालाई प्रभावित गर्छ । यतिमात्र हैन् अहिले एउटा अदृस्य सत्ताको पनि प्रतिनिधित्व गर्छ’ उनी अझ महान सचेतक टाम पेनलाई उद्धृतगर्दै थप्छन् ‘यदी अधिकांस मान्छेहरु सत्य र सत्य–विचारलाई अस्वीकार गर्न थाल्छन् भने त्यहाँ भूमरी पर्न सुरु हुन्छ । त्यस महा–भूमरीयामलाई टाम शब्दका ‘बास्तिल’ भन्दै अहिले पिल्गर त्यही समय हो भन्छन् ।

नेपाली मिडियाको करपोरेटीकरण ०४६सालको परिवर्तनपछाडि मात्र सुरुहुन्छ भने वैश्विक प्रविधि, सूचना– सञ्चारको अभूतपूर्व विकासको समय पनि त्यही थियो । नेपाली करपोरेट मिडियाको चरित्र पनि अन्यन्त्रभन्दा बेग्लै हुनै सक्दैनथ्यो । नेपाली संस्करणमात्र भएकाले दुनियाँले लामो समय गरिसकेको अभ्यासलाई पछ्याउनु, प्रयोगगर्नु र सामाजिक, आर्थिक, राजनीतिक संबन्धसंग जोडनुपर्ने अनिवार्य हुन्थ्यो । मूलधार भनिने वास्तवमा पत्रकारिता समाज, लोकतन्त्रभन्दा राज्यव्यवस्थाको चौथो स्तम्भ बन्दै जाँदा मिडिया चरित्रमा स्वामित्वले भूमिका निर्धारण गर्ने गर्छ ।

यो काल नै अधिकांस मूलधारका मिडियामा सैद्धान्तिक संकृणता, पक्षधारिता, सरोकारहीनता, विचारको दरिद्रता, चाटुकारिकताले समाजको मनोदशा बनाउने, फेर्ने र व्यवस्थित गर्ने औजारमा फेरिरहेको थियो । तर, राजनीतिक शक्तिको सामाजिक हस्तक्षेपका घटनाले पार्ने प्रभावबाट अछुतो भने हुँन सक्दैनथ्यो । नवीनतम प्रविधिमा सामान्यजनको पहुँच ढिलो पुग्छ भने उपभोक्तवादले ‘वौद्धिक’ र शिक्षित तर्कशील कारिन्दा व्यवस्थापनको कलामय सयोंजन गर्न सत्ता र करपोरेटलाई कठिन हुँदैन । प्रविधिको पहुँच र स्वामित्वमा पहुँच पनि पुँजीपतिकै पहिला हुन्छ ।

अर्थ–राजनीति हाबी भईरहेको बेला सत्ताकोलागी मिडया अर्को बैशाखी बन्छ । सामाजिक द्धन्दको चरित्र अनुसार देखिने नदखिने मोर्चा र योद्धाहरु हुन्छन् । वर्गको शान्तिपूर्व टकराहटकालमा राजतर्कले जनमत स्रिजना गर्ने र परंपरागत शक्तिको सत्ता निरन्तरता दिन सबभन्दा आमजनताको सोच्ने तरिकानै फेर्नुपर्ने हुन्छ । हित अनुकुल बनाउनु पर्दछ । यसकालागी प्रोपोगण्डा युद्धका जनक एर्डवर्ड वर्नियसको १९२८मा प्रकाशित प्रोपगण्डा अर्थात ‘इतिहास उएटा औजार हो’ भन्ने कृति नियाल्नुपर्ने हुन्छ । अहिले नेपालमा द्धन्द्ध बहुयाआमिक कोणबाट बढ्दो छ । सत्ता परिवर्तन हुँन चाहाँदैन, समाज यथास्थितिमा रहन चाहाँदैन् ।

देश संवेदनशील भूगोलमा छ । प्रयोगशाला बन्दो छ । त्यसकालागी सत्ता वा रुपान्तरणकर्ताले जनमतको सोच्ने तरिकामै हित अनुकुलको व्यवस्थापन गर्नुपर्छ । मनोदशा तयार गर्ने सवभन्दा मारक औजार भनेको मिडिया नै हो । अझ मुख्य कुरालाई बहसबाटै खारेज गरिदिनु योजनामा रहन्छ । नोवोल साहित्य पुरस्कार विजेता अग्रेज साहित्यकार हेराल्ड पिन्टरकै शब्दमा भन्ने हो भने ‘यहाँ केही भएकै छैन्, यो कुनै विषय नै हैन्’ भनेर सत्ताचरित्रकै मूलबहसलाई सन्दर्भहीन, चर्चाहीन बनाई दिने गर्छ । यो समय भनेको नेपालको राजनीतिको मात्रै हैन्, सामाजिक, आर्थिक र संस्कृतिको  पनि उथुलपुथल काल हो ।

यो भयानक समाचारको मौषम पनि हो । कुरा सरकार बन्ने वा भत्कने मात्रै हैन् सत्ताको चरित्र र भूमिका किटान गर्ने बेला हो यो । यहाँ कस्ले किन के बोलेको छ र यसको पछाडि को र किन लागेको छ ? भन्ने अहंम विषय हुन्छ् । सत्ता चिन्तनको कुरा गर्दा यथास्थितिमा रहने कि ! प्रतिगमनमा जाँने वा अग्रगमन स्वीकार्ने भन्ने अहिले बहसको समय हो । त्यसैले पक्षधारिता, सोच र हितको राजनीतिक व्यस्थापन हुँने समयमा चिन्तन अनुसारका शक्ति र सोचका आ–आफैनै मार्गचित्र हुन्छन् ।

आशा, अपेक्षा, र भूमिका अनुसार सकृयताका समाचार बन्छन् र भत्कन्छन पनि । त्यसैले हामीहरु सामाजिक चिन्तनका टसल मिडियाबाट फैलिने सोच र समाचारहरुलाई आपसमा भिडिरहेको देख्न र भोग्न सक्छौ । को कस्को पक्षमा छ ? कस्तो समाज बनाउन चाहान्छ ? उसको सोच, सपना, प्रतिवद्धता र पक्षधारितालाई कसरी तर्कबाणी दिने भन्ने अभियान मिडियाबाटै हुन्छ् । उनीहरुका चिन्तन–गडफादर को हुँन र के चाही रहेछन भन्ने कुरा मिडियाको सुक्ष्म अभ्ययन गर्ने हो भने छिप्न सक्दैन । समाचार, समाचारजनित लेख, आख्यान, विचार, विमर्शले तत समाजमा भईरहेका टसल, अन्दरुनी हलचल, वर्गसर्घषका रुप र गुण, सास्कृतिक चेत र संस्कार, वौद्धिक विर्मश, भूमिका र सकृयतामा को कुन कित्तामा छ भनेर प्रष्टै नियाल्न सकिन्छ ।

जहाँ पनि मिडियाचालित एउटा समाज हुन्छ् । केही मिडिया उपभोक्ताहरु भने यि उथुलपुथुललाई गम्भीर तरिकाले नियाल्नुु भन्दा पनि चालु मिडियाबाटै आफ्ना धारणा बनाएर भूमिकामा उत्रिन्छन् । प्रायोजित सोचलाई मौलिक चिन्तन मान्दै भ्रमित यर्थातमा रम्ने गर्छन् पनि । आमूल परिवर्तनको संघारमा हरेक मुलुक र समाजमा मनोयुद्ध घनिभूत हुन्छ् । यर्थात र भ्रम छुट्याउन नलाग्ने तर लहै लहैमा डोरिने हाम्रो समाजको अन्तरहृदयलाई नटटोली मनोयुद्धको असर मर्म खुट्याउन सकिदैन् ।

जहिले र जहाँपनि कूलिन र शासकवर्ग पुरानै दमनकारी हतियार उठाउन सक्दैन् । त्यसैले भ्रमित चेत फैलाउदै आवेगको जनमत तयारी गर्ने कलामय खेल खेल्दै छम्दयुद्ध लडछन् । तर, सिपाहीहरु भने चाँदीका किस्तीमा बुद्धि र विवेक दाताहरुलाई सुम्पिने विभिन्न आवरणका भाट–बुद्धिजिबीहरु नै हुँने गर्छन् । उनीहरु भावना र आर्दशका कभर लिएर मानविय गितमा लय मिलाउन पुग्छन् । हित अनुसारको सुन्दर र कुरुपताका धारणालाई विर्मसका विषय बनाउनु र मूल एजेण्डालाई अन्यन्त्र मोडने चतु¥याई हुन्छ् । आफ्नो लडाई कहिले पनि अभिजातहरुँ नलडने हुँदा प्रतिकृयामै सीमित हुन अनिवार्य हुन्छ । लम्पटहरु वा अल्पकालिन हितमा विवेक बन्धकी राख्नेहरुले लडिदिने या त उनीहरुले भाडाका चिन्तकहरुको सहारा लिनुपर्छ या त प्रभ्रूहरुका दया, भरोशामा । अहिलेको नेपाली समाज भयंकर टकराहटमा छ । त्यो टकराहट ७ वर्ष पहिला सशस्त्ररुपमा थियो, ०६३को वैशाख १३ गतेदेखि त्यो मौन टकराहटमा देखापर्यो । टकराहट देखिँदा माओवादी, नेपाली कांग्रेस, एमाले मधेश,जनजाती पूर्वपन्चहरु बीचको टकराहट देखिएता पनि यो अग्रगमन यथास्थिति र प्रतिगमन चिन्तन बीचको टकराहट थियो र हो । यो हलचलका खेलाडीहरु कति सतह र मौलिक भूमिकामा छन् भने कतिपय निमित्त भूमिकामा देखापर्छन् । यथास्थितिका रक्षक र सर्मथकहरु आफ्नै स्वार्थ, मान्यता र सोच अनुसार परिस्थिति हाँकियोस् सबै होस् तर निरन्तरतामा चलिआएको रिति– थिति, चाल–चलन नखजबजियोस् भन्नेमा हुन्छ ।

उसलाई सरकारमा पात्र फेरिँदा केही फरक पर्दैन् । जब सनातनी मान्यतामा हस्तक्षेप हुन थाल्छ तब सहन नसकेर रन्थनिन्छन् । प्रतिकारकालागी नयाँ लोकप्रिय आवरणमा देखिएर भ्रमित जनमत तयार गरेर मात्र परिवर्तनमाथी धावा बोल्न सकिन्छ भन्ने सर्वत्रको मान्यता हो । अहिले यस्तै भयो । सत्तामा युगौदेखी राँईदाँई गर्ने कूलिन वर्ग रन्थिनिए । शासकवर्गले लडाई पुरानै तरिका धार्मिक आवरण र उत्तेजना, सास्कृतिक आवेग भरेर लड्न सक्दैनथे । त्यसैले उनीहरु एउटा मिडियाचालित समाज बनाँउदै भ्रम छर्ने र यनजियो समाजवाट अंशमा टेकेर समग्र उपलब्धीमा आक्रमण गर्ने छम्दयुद्ध लडन थाले । देख्दा त्यो आर्दश लाग्दथ्यो, मानविय करुणा पलाएको जस्तो पनि देखिन्थ्थ्यो तर त्यसभित्रका विभत्स खेलहरु सामान्य आँखा र सहज चेतले मात्र खुट्याउन भने सक्दैनथ्यो । हरेक परिवर्तनहरु यथास्थिति माथी जोटिलो प्रहार र हस्तक्षेपबाट सुरु हुन्छन ।

विधिमा टेकेर विधि भत्काउँदै विधि निमार्ण गर्छन । पुराना सुन्दरताका मानकहरु माथि प्रहार हुन्छ । नयाँ मानक र नयाँ नायकको जन्म हुन्छ । हेपिएका, दविएका, उपेक्षा गरिएकाहरु वहस र भूमिकाको पहिलो पंग्तीमा पुग्छन् । भूईमान्छेको स्वरलाई सुन्न अभिजातहरु बाध्य हुन्छन् । त्यो अवधी आर्दशै आर्दशले भरिएका काव्यात्मक समयबाट मात्र गुज्रिदैन । त्यस्को चोट र छिर्का यत्रतत्र फैलिदा समय र समाजले पीडादायी अवस्था भोग्नु पर्छ । निजीरुपमा व्यक्तिले असहिय वेदना सहनु पर्न सक्छ ।

त्यस हादशाबाट गुज्रिएको परिवार तहस नहस भएको हुन सक्छन्, परिवर्तनको नेतृत्व गरेकाहरु फेरिएका परिवेशमा हिजाका मान्यता र आर्दशमा खरो नउत्रिएका हुँन सक्छन् । हरेक परिवर्तनसंंग एउटा आवेग र अपेक्षा हुन्छ । त्यसलाई तत्काल पुरागर्ने आधार, संवाभना, साधन र श्रोत त्यहीस्तरमा उपलब्ध भने हुँदैन । अर्कातर्फ परिवर्तनको आवेग र अपेक्षालाई व्यबस्थापन गर्ने कलाको अभाव हुन्छ । विगतको जनयुद्ध त्यही थियो र भयो । अव भने यो शान्तिपूर्ण युद्धकाल हो । कसैकसैले तटस्थताको सुख भोगे पनि विगतको टसलकालमा अधिकांस नेपालीजनलाई प्रतक्ष वा परोक्ष कित्ताबन्दी गरेको थियो । परिवर्तनको यस्तो वेग आयो कि जस्लाई हाकाहाकी अस्विकार गर्ने कसैको हिम्मत भएन । त्यसलाई सोही गतिमा वैधानिक व्यबस्थापन गर्न परिवर्तनकारी शक्तिले तेजिलो चार्तुयता देखाउन सकेनन् । परिवर्तनको आवेग मथ्थर हुँन नपाउँदै पराजित शक्ति नयाँ रुप र आवरणमा सक्रिय हुँन थाल्यो । अहिले त्यो घाइते सोच विभिन्न भूमिकामा चिच्याउदैछ । ति सोचका अगुवा मिडियाबाटै आप्mना अनुकुलको जनमानस तयार गर्न चाहान्छन् । हाम्रो जस्तो मिडिया साक्षरता नभएको मुलुकमा केही मिडिया र समाजका कुलीनवर्ग मुलधारको मिडिया र राजनीति भनेर केहीलाई स्थापित पनि गर्न चाहान्छन् । तर जुन समाजमा जुन वर्गको वर्चस्व हुन्छ त्यसलाई नै मूलधार मानिन्छ ।

साधन, श्रोत, भाडाका बुद्धिजिवी र कथित नागरिक समाजलाई हेर्दा त अहिले पनि घाईते तर पराजय स्वीकार नगरिसकेको अभिजातकै नेतृत्वमा मूलधार छ भनिन्छ तर नेपाली समाजको विशेषता भनेकै परिवर्तनलाई आत्मासात गर्ने संस्कार हो । अव पुरानै मूलधार छैन् र हैन् । नयाँले पनि आकार ग्रहण गर्न भ्याई सकेको छैन् । पुरानाले बरु पुरानैलाई निरन्तरता दिन भने कोशिस गर्दैछ । एउटा ठूलो युद्धबाट शान्तियुद्धमा आएका जटिलतामा कूलिनको मानविय चेहरा मनोयुद्धलाई पराजय गर्न सक्छ कि उनीहरुकै षडयन्त्रको चक्रव्यूहमा फस्छ भन्ने कुराको निर्णय भने मिडिया सचेतता हुन अनिर्वाय हुन्छ । कसले किन के बोलिरहेको छ ? ती विषयका अंशमा टेकेर समग्रमा सिकार गर्न चाहेको त् छैन् भन्ने कुराको मिडियाचेतले मात्रै वास्तिविकता र भ्रमित यर्थात टुट्याउन सकिन्छ । त्यसैले मात्र सत्ता परिवर्तनका जटिलता बुझेर भूमिका निर्धारण गर्दै मनोयुद्धलाई परास्त गर्न पनि सकिन्छ भन्ने हो ।

जहिले पनि परिवर्तनका रुपलाई स्वीर्कादा वर्चस्वशालीको सामाजिक संबन्धको गाँठो यति कस्सिएको हुन्छ् कि हितमा चोट पर्ने वित्तिकै उनीहरु रन्थनिन्छन् । त्यसैले परिवर्तनका गुणलाई स्वीकार्न नसकेर ध्वस्त अभियान चलाईरहेका हुन्छन् । शासक वर्गले यसमा कुनै खजबज हुँन दिँदैन् । त्यही अनुरुप सुन्दरता र कुरुपताको मानक सिद्धान्त बनाएको हुन्छ ।

विगतमा भएका विभिन्न चरणका संर्घषले उस्को पंरम्परागत सस्कृति र हितमा चोट प¥याएको थिएन तर दशक लामो जनयुद्ध र त्यसपछाडिको जनआन्दोलन मधेश र जनजातीको आन्दोलनले उसको हीतमा जव सशक्त चोट पुग्यो तब ऊ पुराना दमनकारी हतियारमा खिया लागेको बुझेर भ्रमित जनमत र जनमानस तयारगर्न सम्पूर्ण साधन, श्रोत, कला र क्षमता खर्च गर्दैछ त्यो मिडियाबाट लडिईरहेको मनोयुद्ध हो ।

जव परिवर्तनका असली सिपाहीले वर्चवशालीको कस्सीकएका ठाँठोलाई या त पूmस्काउन सक्नु पर्छ नसके त्यस्ता गाँठालाई खुर्कने छिमल्ने हैन गाँठै काट्न सक्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us