एसएलसी परीक्षा सकियो

काठमाण्डु टुडे २०७० चैत १४ गते ६:४६ मा प्रकाशित

काठमाण्डु, १४ चैत– विद्यालयतहको फलामे ढोका मानिने यस वर्षको एसएलसी परीक्षा आजबाट सकिएको छ ।
SLC-Nepal_20120615094302गत चैत ६ गतेबाट सुरु भएको परीक्षा आजबाट सकिएको हो । आज विद्यार्थीहरुले ऐच्छिक द्वित्तीय विषयको परीक्षा दिएका थिए ।

यस वर्ष परीक्षामा ५ लाख ६६ हजार ८५ परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जामटेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षाका लागि मुलुकभर १ हजार ८ सय ३६ केन्द्र तोकिएको थियो । देशका विभिन्न स्थानमा छिटपुट घटनाबाहेक परीक्षा मर्यादित ढंगबाट सम्पन्न भएको दाबी परीक्षा नियन्त्रण कार्यलयको छ ।

एसएलसी परीक्षा मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यलयले ३५ बुँदे आचारसंहिता जारी गरेको थियो । परीक्षाको नतिजा आगामी जेठ पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यलयको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us