
काठमाण्डु चैत – एक बर्षमा संबिधान घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका राजनीतिक दल संबिधानसभा निर्वाचन भएको चार महिनापछि संबिधानसभालाई पूर्णता दिन क्रियाशिल हुन थालेका छन ।
मन्त्रिपरिषदबाट मनोनित गरिने २६ सभासदका लागि दलहरुले आ आफनो दलमा गृहकार्य थालेका छन । प्रमुख तीन दल मध्ये काँग्रेसले नौ,एमालेले सात र एकीकृत माओवादीले पाँच सभासद भागवण्डा गरी लिने करीव सहमति भएको छ । पाँच जना नागरिक समाजका अगुवालाई साझा सभासदको रुपमा प्रस्ताव गर्ने तयारी पनि दलहरुले थालेका छन ।
काँग्रेस,एमाले र एमाओवादी आफूले पाएको भागवण्डा अनुसार सभासदका लागि व्यक्ति छान्न आन्तरिक गृहकार्यमा जुटेका छन । स्रोतका अनुसार संबिधानसभामा पुग्नबाट छुटेका पार्टीका नेता,बिज्ञ र अनुभवी व्यक्तिको छनौट गरी पठाउने समझदारी तीन दलका वीचमा भएको छ । एमाओवादीले आफनो पार्टीका सभासद नरहेका जिल्लाको प्रतिनिधित्व हुने गरी सभासद छनौट गर्ने संभावना रहेको एक नेताले बताए । काँग्रेस नेताहरु आफनो भागमा परेका सभासद छनौट गर्न शुक्रबार छलफलमा जुटदैछन ।
राप्रपा नेपाललाई मनोनित गर्ने सभासदमा नसमेटने निर्णण गरेका राजनीतिक दलले साना दलले आफनो भाग खोजेमा उनीहरुका लागि प्रमुख तीन दलले एक एक जना सभासद छोडने समझदारी पनि भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार श्याम श्रेष्ठ,देवेन्द्रराज पाण्डे,पदमरत्न तुलाधर,दमननाथ ढुंगानाले सहमति जनाएमा उनीहरुलाई सर्वसम्मत सभासद बनाउने कसरत राजनीतिक दलले गरेका छन ।