काठमाण्डु महानगरको हजार प्रति राजस्व रसिद गायब

काठमाण्डु टुडे २०७० चैत १४ गते १:२५ मा प्रकाशित

काठमाण्डु, १४ चैत – काठमाण्डु महानगरपालिकाका हजार प्रति राजस्व रसिद गायब भएका छन् ।

मुद्रण बिभाग सिंहदरवारबाट बागदरवारस्थित महानगरपालिका कार्यालय लैजाँदा ती रसिद हराएका हुन् ।

गत बर्ष मंसिरमा जिन्सी शाखाकै पहलमा राजस्व महाशाखाका पियन सूर्यप्रसाद गौतमले बिभागबाट ल्याएर महानगरको गेटमा रसिद छाडिदिएको तर जिन्सी शाखामा बुझ्दा एक बन्डल गायव भएको महानगरपालिकाले जनाएको छ ।

स्रोतका अनुसार पियन गौतमले आफू अस्पताल जानु छ भन्दै जिन्सी शाखाकै नायवसुब्बा नरबहादुर साउदलाई जिम्मा लगाएर हिँडेको र सोहीबीचमा रसिद गायब भएको हो । हराएका रसिदबारे छानबिन गर्न दुई छानबिन टोली समेत बनेका छन् ।

तर प्रतिवेदन सार्वजनिक भएको छैन ।

घटनामा संलग्नलाई बचाउन छानबिन प्रतिवेदन गुपचुप राखिएको महानगर स्रोतको भनाई छ ।

मुद्रंण बिभागबाट ल्याएर महानगरको जिन्सी शाखाका नासुलाई आफूले रसिदका बन्डल जिम्मा लगाएको पियन गौतमले बयान दिएका छन् ।

रसिद हराउने बेलासम्म महानगरका बलिमा नम्बरिङ्ग गर्ने प्रणाली थिएन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us