राष्ट्रपतिद्वारा केही ऐन प्रमाणीकरण

काठमाण्डु टुडे २०७० चैत १३ गते ७:१३ मा प्रकाशित

rambaranकाठमाण्डु, १३ चैत – राष्ट्रपति डा. रामवरण यादवले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (दोस्रो सशोधन) ऐन २०७०, आर्थिक ऐन २०७० र निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७० लाई प्रमाणीकरण गरेका छन् ।

साथै उनले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत) ऐन २०७०, सुपुर्दगी ऐन, २०७०, नेपाल स्वाथ्य सेवा (चौथो संशोधन) ऐन २०७०, निजामती सेवा (तेस्रो संशोधन) ऐन, २०७०, संविधानसभा सदस्य निर्वाचन ऐन, २०७०, पारस्परिक कानुनी सहायता ऐन, २०७० र सङ्गठित अपराध निवारण ऐन, २०७० पनि प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति डा यादवले बुधबार उक्त दश ऐनलाई प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका उपसचिव त्रैलोक्यराम आचार्यले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us