
भद्रपुर, १३ चैत – नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्ले चैतको अन्तिम साता दोस्रो वृहत मेचीनगर आदिवासी जनजाति सांस्कृतिक महोत्सव गर्ने भएको छ ।
जातीय सद्भाव र सांस्कृतिक परम्परा आदानप्रदान गरी स्थायी शान्तिका लागि झापाको काँकरभिट्टामा चैत्र २३ गतेदेखि ३० गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको परिषद्का अध्यक्ष केवलराम राईले जानकारी दिए ।
महोत्सवमा राई, लिम्बू, नेवार, तामाङ, माझी, मेचे, थामी, किसान, मुण्डा, मालपाडे, सुनुवारका साथै खस÷क्षेत्रीलगायत विभिन्न जातिका कला, संस्कृति र परम्परा झल्किने कक्ष राखिने बताइएको छ ।