संवैधानिक परिषद्को बैठक स्थगित

काठमाण्डु टुडे २०७० चैत १३ गते ४:५७ मा प्रकाशित

काठमाण्डु, १३ चैत –संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

नयाँ सरकार गठन भएपछि पहिलोपटक आह्वान भएको बैठक प्रचण्ड पुत्री ज्ञानु केसीकाे निधनका कारण प्रचण्ड उपस्थित नभएपछि स्थगित भएको हो ।

बैठकमा संवैधानिक नियकामा लामो समयदेखि रिक्त रहेका पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो ।

परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानमन्त्रीले तोकेको तीन जना मन्त्री, सभाध्यक्ष, प्रमुख विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us