तीन दलबीच ५ बुँदे सहमति

काठमाण्डु टुडे २०७० चैत १३ गते ४:३६ मा प्रकाशित

three party_20110527062815काठमाण्डु, १३ चैत – संविधानसभा समिति निर्माण, उच्चस्तरीय राजनीतिक समिति गठन र स्वामित्व ग्रहणका विषयमा प्रमुख तीन दलबीच ५ बुँदे सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो ।

सहमतिअनुसार दलहरुबीच उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने, संविधानसभा र व्यवस्थापीका संसदको समितिका सदस्यको नामावली भोली संविधानसभा बैठकमा प्रस्तुत गर्ने रहेको छ ।

यस्तै बैठकमा समितिका संयोजक र सदस्यका नाम भोली बस्ने संविधानसभा बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पढेर सुनाउने सहमति भएको नेताहरुले बताएका छन् । यस्तै निर्वाचनमा भएको धाँधली छानविन गर्न धाँधली अध्यायन संयन्त्र गठन गर्ने सहमति दलहरुबीच भएको छ ।

अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा पनि तीन दलबीच सहमति भएको छ । दलहरुबीच पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अध्यायन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

समितिले तयार पारेको प्रतिबेदन सभमुखमार्फत संसदलाई जानकारी गराउने सहमति भएको नेताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us