
काठमाण्डु, १३ चैत – नेपाल आजदेखि पोलियोमुक्त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललगायत दक्षिणपुर्वी एसियाका ११ देशलाई आज पोलियोमुक्त राष्ट्र घोषणा गर्दैछ ।
विश्व स्वास्थ्य संगठनले भारतको दिल्लीमा विशेष समारोह आयोजना गरी सम्बन्धित देशका प्रतिनिधिलाई पोलियोमुक्त देश घोषणा गर्न लागेको हो ।
लगातार तीन बर्ष पोलियो नदेखिएका कुनै पनि देशलाई पोलियोमुक्त घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।
दक्षिणपुर्वी एसियामा नेपालमा गत फेब्रुअरी१२ मा पोलियो नभेटिएको तीन बर्ष पुगेको हो ।
भारतमा १३ जनवरी २०११ र नेपालमा ३० अगस्ट २०१० मा पोलियो भेटिएको थियो ।
विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेलगत्तै नेपालले पोलियोयुक्त देशका पर्यटकमाथि कडाइ गर्ने भएको छ ।
लामो प्रयासपछि पोलियोमुक्त भएपछि नेपालले आगामी दिनमा रोग पुनः देखापर्न नदिन सुरक्षाका लागि यस्तो निर्णय गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पोलियोमुक्त नभएका पाकिस्तान, नाइजेरिया र अफगानिस्तानबाट नेपाल आउने पर्यटकले अब त्यस्तो प्रमाणपत्र लिएर मात्र प्रवेश पाउनेछन् ।
चिकित्सकका अनुसार शरीरमा पोलियो भाइरस भएका ५ प्रतिशतमा मात्रै पोलियो देखापर्छ। पोलियो भाइरस भएको मान्छेले समुदायमा रोग फैलाउन सक्छ ।
दिसा र पानीबाट यो भाइरस सजिलै फैलिन्छ । संक्रमितलाई अपांग नै बनाउने यो रोग उन्मूलनका लागि नेपालमा सन् १९८८ देखि ७५ वटै जिल्लामा बालबालिकालाई नियमित खोप कार्यक्रम चलाइएको थियो ।