श्रीमान श्रीमति, छोराछोरी, सालासाली, सभासदका पिए !

काठमाण्डु टुडे २०७० चैत १३ गते १:४९ मा प्रकाशित

काठमाण्डु, १३ चैत – संविधानसभा सभासद्का पिए कस्ता कस्ता ? श्रीमति सभासदको श्रीमान् निजी सहायक (पिए) श्रीमान् सभासदका श्रीमति पिए ।

संविधानसभामा अहिले थुप्रै यस्ता सभासद् छन जसले आफ्नै श्रीमान् या श्रीमतिलाई पिए राखेका छन् ।

आफ्नै परिवारका सदस्य या नजिकका नातेदारलाई पनि पिए राख्ने धेरै छन् । सभासदहरुको सेवासुविधा सम्बन्धी ऐनमा पिए नियुक्त गर्ने अधिकार सभासद्लाई नै दिइएको छ । त्यसैले अधिकांशले आफ्नै परिवार निकटका व्यक्तिलाई पिए नियुक्त गर्ने गरेका छन् ।

आफ्नै श्रीमान्, या श्रीमति, छोराछोरी र सालासालीलाई पिए राख्ने धेरै छन् । केहीले मात्र कार्यकर्तालाई पिए राखेका छन् । एकीकृत माओवादीकी सभासद् दुर्गादेवी खुनाले आफनै श्रीमान बिहारी खुनालाई पिए राखेकी छन् ।

एमालेका सभासद् देवराज भारले श्रीमति बिम्पीरानी पन्थीलाई पिएमा नियुक्त गरेका छन् ।

पिएका लागि श्रीमति योग्य भएकाले राखेको उनले बताए । लोकतान्त्रिक फोरमका महासचिव जितेन्द्र देवले पनि श्रीमति सन्ध्यालाई पिए बनाएका छन् । काँग्रेस सभासद यज्ञराज थापाले छोरी युवराज्ञीलाई पिए बनाएका छन् । एमालेका सभासद लक्ष्मीप्रंसाद पोखरेलले छोरा योगेशलाई पिएमा नियुक्त गरेका छन् ।

काँग्रेस सभासद अशोक कोइरालाले छोरी इशालाई पिए बनाएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us