परीक्षा कोठामै बच्चा जन्मियो

काठमाण्डु टुडे २०७० चैत १२ गते १३:२८ मा प्रकाशित

रुकुम, १२ चैत – जारी एसएलसी परीक्षामा सहभागी एक महिलाले परीक्षा कोठामै बच्चा जन्माएकी छन् । रुकुमको राप्ती ज्ञानोदय उच्चमावि सिम्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी जनप्रिय मावि हाँसिवाङकी १८ वर्षीया टीका खड्काले परीक्षा चलिरहेकै बेला छोरी जन्माएकी हुन् ।

स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको परीक्षा दिइरहेकी उनलाई परीक्षा सुरु भएपछि व्यथा लागेको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई विद्यालयको अर्को कोठमा लिएर सुत्केरी गराइएको थियो ।

परीक्षाहलमै सुत्केरी भएकी डाँगीलाई थप समय उपलब्ध गराएर परीक्षा दिने व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जानकारी दिए ।

डाँगी जनप्रिय माविकी नियमिततर्फकी विद्यार्थी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us