३३ दलीय मोर्चाको अवधारणा पत्र सार्वजनिक

काठमाण्डु टुडे २०७० चैत १२ गते १३:०५ मा प्रकाशित

cpn_maoistकाठमाण्डु, १२ चैत – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अझै सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु अघि बढाउने भएको छ ।
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बुधबार बसेको बैठकले तत्काल ८ बुँदे माग राखेर प्रचारात्मक कार्यक्रम गर्ने र २४ गते जनआन्दोलन दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरेको छ ।
साथै बैठकले मोर्चालाई अझ संवृद्ध बनाउनका लागि अवधारणा, नीति, कार्यक्रम र मोर्चा सञ्चालन विधिलगायतका विषयहरुसहितको अवधारण–पत्र पारित गरेको छ । विगत केही दिनदेखि छलफलमा रहेको अवधारणपत्र सर्वसम्मतिले पारित गरिएको मोर्चाले विज्ञप्तिमार्फत जनाएको छ ।
सो अवधारणापत्र पारित भएसँगै मोर्चाको नाम ३३ दलीय राष्ट्रिय मोर्चा नेपाल रहने भएको छ ।

मोर्चा गठनको सैद्धान्तिक मार्गचित्रसहित ३३ बुँदे नीति–कार्यक्रम, तात्कालिक कार्यभार, मोर्चाको संरचना र मोर्चा सञ्चालन विधिलगायतका विषयहरुसमेत प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्तो छ अवधारणा पत्र

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us