भाषण गर्दा पाइन्टमै पिसाव गरे राष्ट्रपतिले

काठमाण्डु टुडे २०७० चैत ६ गते १:५० मा प्रकाशित

ju-aanकोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सेन्टोसले भाषण गर्दा पाइन्टमै पिसाव गरेका छन् ।

चुनावी भाषणको क्रममा भएको यस्तो घटनाबाट उनको स्वास्थ्यसम्बन्धि प्रश्न उठिरहेको छ ।

६२ बर्षीय जुआन उत्तरी कोलम्बियाको तटीय ससर व्यारेक्विलमा आफ्ना समर्थकका भाषण दिइरहेका थिए ।

यसैक्रममा उनको पाइन्टमा पहेंलो दाग देखिन थाल्यो ।

जुआनले पाइन्ट भिजाएपछि पनि भाषण भने रोकेनन् ।

त्यहाँ उपस्थित धेरैले जुआनको भिडियो बनाए । अहिले त्यो भिडियो मिडियामा भाइरल बनेको छ ।

जुआन २०१०मा कोलम्बियाको राष्ट्रपति बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us